बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक महिनापछि पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक महिनापछि पक्राउ

बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी एक महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्ने गुल्मी घर भई हाल ललितपुरको भैसेपाटी बस्ने शंकरप्रसाद भण्डारी हुन् ।

उच्च अदालत पाटन ललितपुरबाट गत असार ३ गते १० लाख जरिवाना र चार दिन कैद सजाय ठहर भएपछि उनी फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उनलाई कंलकीबाट समातेको हो ।भण्डारीलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

टिप्पणीहरू