मोटरसाइकल चढेर आएका भारतीय १५ लाखसहित पक्राउ
रूपन्देहीमा स्रोत नखुलेको साढे १५ लाख नगदसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिद्धार्थ नगरपालिका १, बाईपासबाट स्रोत नखुलेको रुपैयाँसहित उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
४६ वर्षीय आशि साहुले चलाएको लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले जाँच गरेको थियो । सोही अवस्थामा मोटरसाइकल चालक साहुको साथबाट नगद १५ लाख ५० हजार रुपैयाँ फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
टिप्पणीहरू