विदेश पठाइदिने प्रलोभनमा महिलाद्वारा ९० लाख ठगी

विदेश पठाइदिने प्रलोभनमा महिलाद्वारा ९० लाख ठगी

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिँदै सर्वसाधारण ठग्ने कार्यमा महिलाहरु पनि देखिएका छन् । त्यस्तै प्रलोभनमा ठग्दै हिँडेकी महिला पक्राउ परेकी छन् ।

खोटाङ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने माया बस्नेत थापालाई प्रहरीले ललितपुरको बङ्गलामुखीबाट पक्रेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो बेलुकी नियन्त्रणमा लिएको हो ।

यसअघि उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिइन् । बैकिङ कसूर मुद्दामा उनीविरुद्ध ९० लाख रुपैंया बिगो रकम दाबी गरिएको छ ।

भरतमणि घर्तीमगर लगायतलाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा ठगेको उजुरी उनीविरुद्ध वैदेशिक रोजगार विभागमा परेको थियो । त्यसपछि पक्राउ पुर्जी जारी भएको हो ।

उनलाई आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी वृत्त, बालाजु पठाइएको छ ।

टिप्पणीहरू