फरार प्रतिवादी डेढ वर्षपछि फेला

फरार प्रतिवादी डेढ वर्षपछि फेला

बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन, ललितपुरबाट सजाय ठहर भई फरार एक प्रतिवादी पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १, स्थायी घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने गोर्खमान तामाङ समातिएका हुन् ।

उच्च अदालत पाटनबाट २०७७ माघ १९ गते मुद्दा नम्बर ०७६–सिबी–१६९८ मा भएको फैसलाले उनलाई छ लाख जरिवाना, तीन दिन कैद र २४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तोकेको थियो । त्यसपछि उनी फरार भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले हिजो उनलाई भक्तपुरको गठ्ठाघरबाट समातेको हो । फैसला कार्यान्वयनको निम्ति उनलाई ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।

टिप्पणीहरू