लागुऔषधको नयाँ ‘हट स्पट’ बन्दै सप्तरी

लागुऔषधको नयाँ ‘हट स्पट’ बन्दै सप्तरी

मधेश प्रदेशमा पछिल्लो समय लागुऔषध कारोबारी र सेवनकर्ताको संख्या बढ्दो छ । अन्यत्रझैं सप्तरीमा पनि लागुऔषध ओसारपसारले अहिले व्यापक रुप लिन थालेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा लागुऔषधसहित एक सय ४१ जना पक्राउ परेका छन् । त्यस्तै, चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले अघि बढेको प्रहरीले लागुऔषधसम्बन्धी एक सय पाँच वटा मुद्दा दर्ता गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा छ हजार २५७ नाइट्रोभेट र छ सय ६३ नाईट्रोसेन ट्याब्लेट बरामद गरिएको छ । त्यस्तै, फेनारगन एक हजार २२९, डाइजिल्याब २१४, डाइजिपाम एक हजार २९४ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

नोफिन ७८८, प्रोमोथाइजिन ९६ पिस, डाइलेक्स डिसी ४१६, बाउनसुगर १४० दशमबल ३६ ग्राम ६७० मिलिग्राम, गाँजा दुई सय चार केजी ९२५ ग्राम पनि बरामद गरिएको छ ।

स्पास्मो प्रोसिभन एक हजार २०७, इस्कुफ दुई पिस, लिजेसिक ४०२, ताजोविन इन्जेक्सन १०, बुर्पेनोरफिन इन्जेक्सन एक सय एम्पुल भेटिएको जनाइएको छ । त्यस्तै, १७५ केजी गाँजा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

भारतबाट सप्तरी हुँदै भित्रिएका लागुऔषध हेटौंडा, काठमाडौं र पोखरासम्म पुग्ने गरेको छ ।

टिप्पणीहरू