लागुऔषध कारोबारमा संलग्न १८ पुरुष, २ महिला सार्वजनिक
प्रतिबन्धित लागू औषधसहित २२ जना समातिएका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १९ दिनमा २२ जनालाई पक्राउ गरेका उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा चार महिला र १८ जना पुरुष छन् । उनीहरुको साथबाट खैरो हेरोइन ४५९ ग्राम, डायलेक्श डिसी एक हजार १८० बोतल, नाइट्रभेट ट्याब्लेट एक हजार २६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान बरामद गरेको छ ।
यी सबै लागुऔषधको कुल बजार मूल्य ५८ लाख १० हजार ८ सय रुपैयाँ रहेको ब्यूरोले जनाएको छ । पक्राउ परेकाहरू फरक मितिमा विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
पक्राउ परेकामा ताप्लेजुङ, मेरिङदेन गाउँपालिका ५ घर भएकी ३३ वर्षीया तुलसा खड्का, सुनसरीका युवराज खड्का, रौतहटका ४६ वर्षे किशोर चौलागाईं, सिन्धुपाल्चोकका ४७ वर्षीय मानबहादुर तामाङ, सर्लाहीका ३५ वर्षे बुद्धबहादुर बमजन, स्थानीय २१ वर्षीय विपिन कुशवाह, ४२ वर्षे रतन मोक्तान र २८ वर्षका दीपक श्रेष्ठ हुन् ।
त्यस्तै, रौतहटका २५ वर्षीय सुभाषराय यादव, १९ वर्षीय मोहमद आसफाक आलम, ताप्लेजुङका २७ वर्षीय राजकुमार तामाङ, ३५ वर्षीया सुशीला तामाङ, झापाकी २० वर्षकी सञ्चमाया तामाङ, ३१ वर्षका मनिराज लिम्बू, ३३ वर्षे प्रेमहाङ सोलिङ, ३७ वर्षका योगेश लिङदेन, २७ वर्षे विदुर आङ्बो र बझाङका २० वर्षे उपेन्द्र जाग्री पनि पक्राउ परेका हुन् ।
रामेछापका ४० वर्षे जुनुमाई मोक्तान, ४३ वर्षका अनुज शाही, इलामका ३२ वर्षे दीपेश विश्वकर्मा र पाँचथरका ३० वर्षे काजिमान गुरुङ पनि प्रहरी नियन्त्रणमा छन् ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि लागुऔषध ऐन २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
टिप्पणीहरू