कति मान्छे सूर्यबहादुर तामाङ बन्ने ?

कति मान्छे सूर्यबहादुर तामाङ बन्ने ?

साँच्चै अब पनि सरकारले खान्तेपिन्ते, अत्यावश्यक सेवा–सुविधा, राहतलगायत अन्य आधारभूत अत्यावश्यक चिजबिज व्यवस्थापन नगरी लकडाउन लगातार बढाइरहे नेपालका साँच्चैका गरिब अर्थात् बिहानै बेलुकै कमाइ नगरी खान नपाउने स्तरका सर्व–साधारण मानिस जो अति गरिब छन्, उनीहरू कसरी बाँच्छन् ? सोचनीय र विचारणीय अवस्था आउँदै गरेको देखिन्छ । खासगरी यो समस्या सहरी क्षेत्रमा टड्कारो देखिन्छ । त्यसैले, अब पनि खान्तेपिन्ते, अत्यावश्यक सेवा–सुविधा र राहतको सुविधा र अन्य अत्यावश्यक व्यवस्थापनबिनै लकडाउन लगातार लागू गरी रहेमा हालसालै (गत ११ वैशाखमा) कीर्तिपुर–१० मा मरेका धादिङ जिल्लाका सूर्यबहादुर तामाङको जस्तै मरण धेरै सहरी गरिब–दुःखीहरूको हुने देखिन्छ ।

गत आइतबार सेतोपाटी र रातोपाटी अनलाइनमा आएको एक समाचारअनुसार धादिङ जिल्लाका सूर्यबहादुर तामाङ लामो समयदेखि कीर्तिपुर–१० को बजार क्षेत्रमा भरियाको काम गरेर जीवन चलाइरहेका थिए । चैत ११ देखि सरकारले लागू गरेको लकडाउनका कारण उनले काम पाउन छाडे । उनी विभिन्न संघसंस्थाले दिएको खानाको भरमा बाँचेका थिए । तर, गत शुक्रबार उनलाई स्थानीय युवाले कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसको सडकपेटीमा दिउँसोको टन्टलापुर घाममा हल न चल अवस्थामा मस्तराम ढंगले पल्टेको (सुतेको) देखे । नजिकै गएर हेर्दा÷चलाउँदा उनको सास थिएन । उनी चिसो भइसकेका थिए । तत्कालै ती युवाले प्रहरीलाई खबर गरे । उनको कोठा पनि नभएको र आफन्त पनि नभएकाले गर्दा उनी कति उमेरका थिए ? कसैले थाहा पाउने कुरो पनि भएन । उनी पाटीमै सुत्थे । …

सम्भवतः नेपाल सरकारले अब पनि (२० जेठपछि पनि) आफ्नो जनताका लागि खान्तेपिन्ते, अत्यावश्यक सेवा–सुविधा र राहतलगायत अत्यावश्यक व्यवस्थापनबिनै लकडाउन लगातार लागू गरी रहेमा कीर्तिपुर–१० को सडकपेटीमा मरेका धादिङ जिल्लाका सूर्यबहादुर तामाङको जस्तै मरण धेरै सहरी गरिब–दुःखीको हुने अवस्था आउँदै छ । त्यस्तै अरू लाखौं मानिस (कोभिड–१९) को भाइरसको कारणले संक्रमित भएर भन्दा पनि खान नपाएर भटाभट मर्न थाल्नेछन् । हुन पनि यस्तै वेला खाद्यान, इन्धनलगायत अत्यावश्यक वस्तुको मूल्य बढ्ने गर्छ । हुन पनि अरु कसैले कसैको जीवन कति दिन, कति हप्ता, कति महिनासम्म धानिदिने ? त्यसैले सरकारले एकपटक गम्भीर भएर सोच–विचार गरेर लकडाउनबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ । सके तत्कालै लकडाउन हटाउँदा अझ राम्रो हुन्छ । बरु नेपालभरि नै व्यापक रूपमा कोरोना संक्रमित भए/नभएको बारे परीक्षण गर्न अभैm पनि ढिला गरिनु हँुदैन ।

वास्तवमा हालै संघीय संसद्मा राष्ट्रपति विद्या भण्डारीले (०७७ जेठ २ गते) संघीय संसद्का संसद् भवन नयाँ बानेश्वरमा वाचन गर्नुभएको नेपाल सरकारको यो आर्थिक वर्षको ‘नीति तथा कार्यक्रम’मा गत सन् २०१९ डिसेम्बर अन्तिमदेखि चीनबाट पैmलिएको मानिएको र नेपालमा पनि फेबु्रअरी–मार्चदेखि असर देखिन थालेको र हाल २ सय ७६ जना नेपालीहरूलाई बिरामी बनाएको (लक्षण देखिएको) (कोभिड–१९) का कारण चिहिल बिहिल भएका र बाँच्ने आधार गुमाएका वा गुमाउन आँटेका भुइँ तहका नेपाली जनताका लागि तत्काल राहत (खाद्यान्न तथा नगद) वितरण कार्यक्रमलाई पनि समेट्ला भन्ने आशा गरेका थिए । तर, त्यस्तो केही कायक्रम आएन । अब आउने बजेट भाषणमा पनि के नै आउने आशा गर्ने ? सो ‘नीति तथा कायक्रम’मा गत सन् २०१९ डिसेम्बर महिनाको अन्तिमदेखि चीनबाट प्राकृतिक रूपमै पैmलिएको ‘नोभेल कोरोनाभाइरस मुक्त बनाउने कायक्रम पो परेको छ ! तर, अचम्म के छ भने, शुरुमा मै हुँ !, ‘नोभेल कोरोना भाइरस’ केही पनि होइन, यो मार्च अन्तिम वा अप्रिल शुरु हँुदा–नहँुदै आपँैm भाग्छ, त्यसपछि हामीले मजाले इस्टर (क्रिश्चियन धर्म मान्नेहरूले आदर्श मान्ने गरेको प्रभु येशू बौरिएर उठेको दिन !) चाड मनाउनेछौं भन्दै ‘नोभेल कोरोना भाइरस’ कम आँक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यो कोभिड १९ भन्ने महामारीको भाइरस नियन्त्रण हाम्रो (सम्भवतः उनको आशय मान्छेको) बसमा रहनेछ भन्ने भनाइ राखिसकेका छन् । यस्तो बेला नेपाल सरकारले भने आफ्नो नीति तथा कार्यक्रममा ‘देशलाई कोरोना भाइरसमुक्त बनाउने कार्यक्रम’ पो राखेछ ! धन्य हुनुहुन्छ सरकार चलाउने महानुभाव र सरकारका सल्लाहकार ज्यूहरू !

जे भए पनि (कोभिड–१९) रोगलाई संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरि पैmलिएको महामारी भनी सन् २०२० को मार्च ११ मै घोषणा गरेको छ । त्यसो त इतिहास पढ्दा के थाहा हुन्छ भने यसअघि पनि विश्वमा विभिन्न समयमा अनेकौं ठुल्ठूला महामारी रोग पैmलिएको थियो । दोस्रो विश्वयुद्धलगत्तै पैmलिएको स्पेनिस फ्लुले ५ करोड मानिस मरेका थिए रे ! मृतकको त्यो संख्या त्यो बेलाको सम्पूर्ण युरो महादेशको लगभग आधा जनसंख्या हो भन्ने विज्ञहरूको भनाइ छ । तर, अहिलेको जमाना ऊ वेलाको भन्दा कता हो, कता धेरै फरक छ । ऊ वेला अहिलेको जस्तो सूचना, सञ्चार, विज्ञान र प्रविधिले फड्को मारिसकेको थिएन । तर, आजको जमाना अर्कै भएको छ । आज सूचना, सञ्चार, विज्ञान र प्रविधिले यति धेरै फड्को मारेको छ कि, जमाना कहाँ पुगेको छ, कहाँ ? त्यसैले त विश्वको कुनै एउटा कुनामा घटेको सानोभन्दा पनि सानो घटना क्षणभरमै विश्वभरि पैmलन्छ । छिसिक्क केही भयो कि, विश्वभरि तुरुन्तै हल्ला–खल्ला भइहाल्छ, भाइरल भइहाल्छ ।

खासमा सुरुका दिनमा नेपालले सरकारले पनि ट्रम्प महोदयले जस्तै केही नठानेको (कोभिड–१९) को असर व्यापक हुने लक्षण वा भनौं संकेत देखा पर्न थालेपछि नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक साताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुदूरपश्चिममा (कोभिड–१९) को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को एक साताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई अधिकांश नेपाली जनताले सहर्ष स्विकारे । तर, यसबीचमा (कोभिड–१९) को संक्रमितको संख्या स्थिर रहनु वा घट्नुको सट्टा झन् बढ्दै गएपछि अझ भएन, भनेर नेपाल सरकारले एकैचोटि २ वर्षका लागि !) ०७७ वैशाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गरेको थियो । तर, यसबीच नेपालका कोरोनाका संक्रमित बढ्दै गएपछि सरकारले अभैm भएन ! भनेर फेरि जेठ ५ गतेसम्म हुँदै जेठ २० गतेसम्म लकडाउन थपेको अवस्था छ । थाहा छैन, जेठ २० गतेपछि सरकारले के गर्ने हो ? आजका मितिसम्म आइपुग्दा नेपालमा ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ४ जनाको ज्यान गइसकेको छ ।
नेपालमा भनसुन र केही हदसम्म घुसखोरी चल्ने भएका कारण पनि जथाभावी सवारी पास वितरण गरिएकाले संक्रमितको संख्या बढेको मान्नुपर्ने हुन्छ । खासगरी बागमती प्रदेशको राजधानी काठमाडौं उपत्यकामा त्यही देखिएको छ । त्यस्तै उहिले नै कांग्रेसले ‘लौह पुरुष’, ‘सर्वमान्य नेता’ आदि ०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर !) को पगरी गुथाइएका स्वं गणेशमान सिंहले भन्नुभए जस्तै हामी नेपालीहरू ‘भेडा !’ भएकाले पनि कोरोना पैmलनमा अरू बढी सहयोग पुगेको देखिन्छ । हुनत स्वं गणेशमान सिंहले ०४८ को संसदीय निर्वाचनमा काठमाडौंमा उम्मेदवार भएर उठेका आफ्नो श्रीमती (स्वर्गीय मंगलादेवी सिंह) र छोरो प्रकाशमान सिंहलाई काठमाडौंबाट हराएपछि काठमाडांैका जनतालाई आवेगमा आएर मात्रै पक्कै होइन होला, साँच्चै भेडा सम्झेरै होला ! उहाँले काठमाडौंका जनता ‘भेडा !’ हुन् भन्नुभएको थियो । तर, स्व. गणेशमान सिंहको उक्त भनाइ काठमाडौंका जनतामा मात्र नभई सिंगो देशभरिका जनतामा हालसम्म पनि लागू भएको देखिन्छ !

यदि, हामी नेपाली ‘भेडा !’ नभएर मान्छे भएको भए, कोरोना लागिहालेमा यसको स्थायी उपचार छैन, हालसम्म कोरोना महामारीको अचुक औषधि वा खोप बनेको छैन, त्यसैले सामाजिक दूरी कायम गर्नबाहेक कोरोनाबाट बच्ने अर्को उत्तम उपाय छैन ! भनेर विषय विज्ञहरूले भन्दाभन्दै बिनाकाम जथाभावी हिँडडुल गर्ने, सेल्फ आइसोलेसनमा नबस्ने, लकडाउन उल्लंघन गर्ने, क्वारेन्टाइनबाटै भाग्ने गर्छौं होला त ? नेपालमा ‘लकडाउन’ खोल्नुको अर्को महŒवपूर्ण कारण भनेको सरकारले जनतालाई हालसम्म खाली पेट (बिना नगद वा खाद्य सामग्री वितरण ‘लकडाउन’ मा राखेको अवस्था छ ।) यसरी जनतालाई खाली पेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिञ्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ?

त्यसैले सरकार ! जनतालाई खाली पेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिञ्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ? त्यसैले अब जसरी पनि ‘लकडाउन’ खोल्नैपर्ने देखिन्छ । हुन पनि बल्लतल्ल मान्छे भएर यो धर्तीमा जन्मेको ! अकाल मृत्युवरण किन गर्ने ? भनी सम्झनेहरू र मानव जीवनको महŒव र मूल्य बुझेका बुझकीहरू, आफ्नो जीवनको माया लाग्नेहरू, मर्नदेखि डराउनेहरू आपँैm सामाजिक दूरी कायम गरेर, सावधानी अपनाएर वा जसरी हुन्छ, उनीहरू आपैmँले बाँच्ने प्रयास गर्नेछन् । आ … जे सुकै होस् छु मतलब ! भन्नेहरू मर्दै गर्छन् । तर, कसैलाई पनि जानाजान सूर्यबहादुर तामाङको हालतमा नपु¥याऊँ ! कि कसो हौ, सर्वहारा तथा क्रान्तिकारी कमरेडहरू, जो वर्तमान सरकारमा अत्यधिक बहुमत (दुई तिहाइ नजिक) का साथ विराजमान हुनुहुन्छ ।

नोट ः थप केही जान्न चाहेमा ः ९८४९९८५९९७, ९८६२४३६०४९

टिप्पणीहरू