२४ वर्षकी फरार युवती साढे तीन वर्षपछि फेला
लागूऔषध मुद्दामा फरार युवती साढे तीन वर्षपछि पक्राउ परेकी छन् । झापा नगरपालिका ७ घर भएकी २४ वर्षीया मन्जिता सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध झापा जिल्ला अदालतले २०७५ माघ १६ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश सुनाएको थियो । त्यसयता फरार उनलाई अस्ति फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर हिजो आदेश कार्यन्वयनको निम्ति जिल्ला कारागार झापा पठाएको छ । उक्त अपराधको समयमा उनी जम्मा २० वर्षकी थिइन् ।
टिप्पणीहरू