महाकाली सन्धिको त्यो मर्म

महाकाली सन्धिको त्यो मर्म

२०५३ भदौ १६ मा नेकपा (एमाले) ले हाल नेकपा अध्यक्ष तथा सम्माननीय खड्गप्रसाद ओलीको संयोजकत्वमा भरतमोहन अधिकारी, झलनाथ खनाल, प्रेमसिंह धामी, हिरण्यलाल श्रेष्ठ, ऋषिराज लुम्साली र खगराज अधिकारी रहेको सात सदस्यीय महाकाली सन्धि अध्ययन कमिटी गठन गरेको थियो । जसले सन्धि पास गर्नलाई तेह्र बुँदे सुझाव दियो

हिजो एकपक्षले राष्ट्रवाद र स्वतन्त्र मुलुकको सार्वभौमको यक्ष प्रश्न तेर्साउँदा तत्कालीन नेकपा (एमाले) फुट्न बाध्य भएको स्पष्ट हुँदै गएको छ । फुटपछि पार्टीलाई पुरानै अवस्थामा ल्याइपुर्याउन झण्डै दुई दशक लाग्यो ।

परराष्ट्र मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले महाकालीको मुहानसम्बन्धी विवाद टुङ्गो नलगाई महाकाली सन्धि पारित गर्न आफूहरुले गरेको जोडबल महाभूल रहेको स्वीकार्नु भएको छ । के त्यतिखेरको अक्षम्य गल्तिलाई अहिले आएर स्वीकार गरेपछि सकियो ? त्यसोभए, उक्त गल्तिबाट भएको क्षतिपूर्ति कसले तिर्ने ? कति तिर्ने ? अनि कसलाई तिर्ने ?

अहिले महाकाली सन्धि मात्र होइन मुलुकको सिमानाको विवादित विषय नै महाकाली नदीको मुहानसँग जोडिएको छ । कञ्चनपुरका तत्कालीन एमाले नेता ऋषिराज लुम्सालीले महाकाली सन्धिअघि एउटा पुस्तक लेखेका थिए । २०५३ सालमा प्रकाशित ‘महाकाली नदीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागि संघर्ष गरौं’ नामको पुस्तकमा कालापानी क्षेत्रमा भारतीय सेनाको बंकर त्यतिबेलै रहेको देखाएका छन् ।

२०५३ भदौ १६ मा नेकपा (एमाले) ले हाल नेकपा अध्यक्ष तथा सम्माननीय खड्गप्रसाद ओलीको संयोजकत्वमा भरतमोहन अधिकारी, झलनाथ खनाल, प्रेमसिंह धामी, हिरण्यलाल श्रेष्ठ, ऋषिराज लुम्साली र खगराज अधिकारी रहेको सात सदस्यीय महाकाली सन्धि अध्ययन कमिटी गठन गरेको थियो । जसले सन्धि पास गर्नलाई तेह्र बुँदे सुझाव दियो !

महाकाली सन्धि जस्ताको तस्तै पारित गर्ने वा नगर्ने भन्ने बारेमा पार्टीभित्र चर्को बहस भयो । संसदको संयुक्त सदनमा मतदान हुँदा एमालेका वामदेव गौतम,राधाकृष्ण मैनाली,सहाना प्रधान,कृष्णलाल थकालीलगायत ३१ जना सांसद मात्र होइन राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश्वर देवकोटासमेत मतदानमा सहभागी भएनन् ।

सन्धिको पक्षमा मतदान गर्ने तत्कालीन एमालेलगायत नेपाली काँग्रेस र अन्य दलका गरी दुईसय बीस जना सांसद थिए । सन्धिको विपक्षमा मतदान गर्नेहरुमा नारायणमान बिजुक्छे, आशाकाजी वासुकला, भक्तबहादुर रोकाय, हिरण्यलाल श्रेष्ठ, पद्यमरत्न तुलाधर, मोहनचन्द्र अधिकारी, नवराज सुवेदी र परी थापा गरी आठ जना थिए । मतदानमा एमाले अध्यक्ष मनमोहन अधिकारी भने अनुपस्थित थिए ।

विपक्षमा मतदान गर्नेहरुमा नारायणमान बिजुक्छे, आशाकाजी वासुकला, भक्तबहादुर रोकाय, हिरण्यलाल श्रेष्ठ, पद्यमरत्न तुलाधर, मोहनचन्द्र अधिकारी, नवराज सुवेदी र परी थापा गरी आठ जना थिए । मतदानमा एमाले अध्यक्ष मनमोहन अधिकारी भने अनुपस्थित थिए ।

टिप्पणीहरू