ज्यान मुद्दाका फरार प्रतिवादीहरु भटाभट भेटिन थाले
कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादी साढे आठ वर्षपछि समातिएका छन् । झापाको दमक नगरपालिका ५ घर भएका ४९ वर्षीय रोेशन सुन्दासलाई प्रहरीले पक्रेको हो ।
उनलाई पुनरावेदन अदालत इलामले २०७० असार ३ गते कर्तव्य ज्यान मुद्दामा एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । त्यसयत्ता उनी फरार भए पनि हिजो उनैको घरबाट समातिएका हुन् ।
सुन्दासलाई हिजो पक्राउ गरी फैसला कार्यन्वयनको निम्ति जिल्ला कारागार कार्यालय, झापा पठाइएको झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
टिप्पणीहरू