एउटै आदेशले तीन सय मुद्दा चट्

एउटै आदेशले तीन सय मुद्दा चट्

कानुनले तोकेको भन्दा बढी भन्सार दर निर्धारण गरेको भन्दै लकडाउन र सरकार आर्थिक संकटमा परेको बेला सर्वोच्च अदालतले ‘पुरानै दर कायम गर्न’ आदेश दिएर नेपालको यौटा धनाढ्य ब्यापारिक घरानालाई ठूलो गुण लगाइदिएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशबाट हिजो भएको एउटा फैसलाले बढी भन्सार तोकिएको सम्बन्धमा परेको झण्डै तीन सय थान मुद्दा एकै लटमा किनारा लगाएको हो ।

सरकारले कानुनविपरित हुनेगरी बढी तोकेको भन्सार मूल्यांकन पुनरावलोकन समितिको निर्णय उल्ट्याइ पाऊँ भनी हंसराज हुलासचन्द एण्ड कम्पनीले २०७५ साउन २७ गते सर्वोच्चमा २ सय ९४ थान मुद्दा दायर गरेको थियो ।

कम्पनीका एकजना कानुन व्यवसायी सीताराम अग्रवालका अनुसार अब सरकारले दुई वर्षअघि लगाएको भन्सार दरलाई पूर्ववत् कायम गर्नुपर्ने छ।

टिप्पणीहरू