मधेशले अहिले जे मागेको छ
कालापानी, लिपुलेक, लिम्पियाधुरा
तर,यसलाई पारित गर्नमा अवरोध सिर्जना हुनसक्छ ।
मधेसकेन्द्रित नेताहरुले भनेकै पनि छन्, ‘लिपुलेक, कालापानी वा जारी भएको नक्सामा विवाद छैन तर मधेसका सवालमा संविधान संशोधनको प्रसङ्ग आउँदा जहिल्यै ढाँट्ने र टार्ने काम हुँदै आएको छ । त्यसकारण यसमा एउटा प्याकेज बनाएर जाऔँ ।’
बाबुरामको बाटो
अहिले मधेसवादीसमेतको नेतृत्व गरिरहेका डा.बाबुराम भट्टराईलाई पनि यही इश्युले हिरो बनाउने सम्भावना छ । किनभने उनलाई अब मधेशको समेत नेता हुनुपरेको छ । त्यसकारण बाबुरामका निम्ति मधेसका दर्शकबीच स्थापित हुने यो अवसर सुनौलो बन्न सक्छ ।
डा.सुरेन्द्र यादवको अपहरण भएको होइन भन्ने कुरा जान्दाजान्दै डा.बाबुरामको त्यस प्रकरणमा सक्रियतालाई हेरौँ ।
यो मामिलालाई राम्रोसँग बुझेर चूप लागेका उपेन्द्र यादवलाई पनि घिसारेर लैजाने बाबुराम नै हुन् । किनभने, उपेन्द्र त्यो कुरालाई अगाडि बढाउने पक्षमै थिएनन् । उनले भनेकै थिए, ‘यी सब भाडाका टट्टु हुन् । पहिला मन्त्रीको लोभमा परेकै हुन् ।’
यसबीच, भारतीय नजरमा नेपालका मधेसकेन्द्रित नेताले विश्वसनीयता गुमाएको ठान्नेहरुको संख्या ठूलो छ । अब खाँचो छ, उच्च सोचस्तर भएको नयाँ नेताको । त्यस्ता नेता दक्षिणले खोज्दैछ, जसले आफ्नो विश्वसनीयता देखाउन सकोस् । त्यस्तो व्यक्ति, जसले भारतीय नेताहरुसँग समान हैसियतमा कुरा गर्न सकोस् । कुरा गर्दा जनधारणा, जनादेश र संसदको हिसाब–किताब भन्दा पनि व्यक्तित्व माथिल्लो होस् !
कार्यकारी राष्ट्रपति
भारतीयहरुले बुझ्दैछन्, जसरी भारतविरोधी जनमत बढेको छ, यसले संसदभित्र जन्माएको एकाग्रभावका कारण नेपाल कार्यकारी राष्ट्रपतितिर जाने सम्भावना छ ।
त्यसपछि दक्षिणबाट हिन्दू राज्यका नाममा समय–समयमा फ्यालिँदै आएको पूर्वराजाको तुरुप पनि समाप्त हुनेछ ।
नेपाल कार्यकारी राष्ट्रपतितिर गयो भने मधेससँग को छ त भरपर्दो प्रत्यासी ?
मधेसमा मधेसी अनुहारकै त्यो स्तरका नेता नहुनुका कारण यो स्थिति आएको हो ।
चर्कामाथि धर्का
भारतले बुझेको छ -कांग्रेस र नेकपाभित्र उत्पन्न केही अतिवादी विचारलाई नकारात्मक मान्नु हुँदैन ।
जस्तो कि, भीम रावल, चन्द्र भण्डारीहरुको भारतविरोधी पोजिसन रहिरहने हो भने त्यसले भारतलाई फाइदा गर्दैन । तर कहिलेकाँही कडा पोजिसनमा भएको मान्छेमार्फत कतिपय फाइदा उठाउन सकिने पुराना घटनाक्रम स्मरणीय छन् ।
टिप्पणीहरू