यौनशोषणको अभियोगमा पूर्व डिएसपी पक्राउ : पहिले जागिर गयो, अहिले जेल

यौनशोषणको अभियोगमा पूर्व डिएसपी पक्राउ : पहिले जागिर गयो, अहिले जेल

पीडित युवती ८ महिनाअघि जनआस्था कार्यालयमा आएकी थिइन् । जनआस्थाले उनको पीडाबारे प्रकाशित गरेको समाचारपछि प्रहरीमा जाहेरी दर्ता भएको हो । 

सेवाग्राही युवतीको अनिच्छामा उनीसँग यौनव्यवहार राख्ने नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउँजु पुर्पक्षका लागि आज नक्खू कारागार चलान भएका छन् ।

ललितपुरस्थित प्रहरी बृत्त चापागाउँको प्रमुख रहेको  बेला उनले गत वर्ष त्यहीँ बस्ने एक युवतीको पुलिस रिपोर्ट बनाउने क्रममा यौनशोषण गरेको आरोप लागेको थियो ।

युवतीसँग वैवाहिक सम्बन्ध राख्ने प्रलोभन दिई लगातार चार महिना शारीरिक शोषण गरेको जाहेरवालीको आरोप थियो ।

जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुग्दा पनि अनेकन धम्की र प्रलोभनको शिकार बनेपछि पीडित युवती ८ महिनाअघि जनआस्था कार्यालयमा आएकी थिइन् । जनआस्थाले उनको पीडाबारे प्रकाशित गरेको समाचारपछि प्रहरीमा जाहेरी दर्ता भएको हो ।

जाहेरी दर्ता भएपछि भूपू डिएसपी खिउँजु फरार थिए । ललितपुर प्रहरी परिसरको सिभिल टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी परिसरको हिरासतमा राखिएका उनलाई आजै नख्खु कारागार लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू