महोत्तरीका जिल्ला समन्वय अधिकारी पनि संक्रमित !
भारतसँग सीमा जोडिएका अधिकांश जिल्लामा ठूलो संख्यामा कोरोना संक्रमित बढेसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुमा पनि संक्रमण देखिन थालेको छ । यहि क्रममा महोत्तरीका जिल्ला समन्वय अधिकारीमा समेत कोरोना भाइरस पोजिटिभ देखिएको बताइन्छ ।
यता काठमाण्डौको मच्छेगाउँ निवासी ३२ बर्षीय नेवार थरका उनका चालकको पिसिआर परीक्षणको रिपोर्ट पनि हिजो पोजिटिभ आएको छ । अस्ति साँझ उनको घरमा जन्मदिनको राम्रै जमघट थियो ।
महोत्तरी चार दिनअगाडि अधिकारी र उनका ड्राइभरको स्वास्थ्य परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । कोरोना पोजिटिभको रिपोर्टले हिजो बेलुकी भोजमा सामेल हुनेहरु र उनीहरुसँग नजिक रहेका सबै संक्रमणको उच्च जोखिममा परेका छन् । संक्रमितलाई क्वारेन्टाइनमा राख्नको लागि रातारात बलम्बूस्थित सशस्त्र प्रहरीको डेडिकेटेड अस्पतालमा ल्याइदै गरेको बताइन्छ !
टिप्पणीहरू