बेलायत पठाउने भन्दै लाखौँ ठगी

बेलायत पठाउने भन्दै लाखौँ ठगी

बेलायत पठाउने प्रलोभन देखाएर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना समातिएका छन् । काठमाडौँको सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राईलाई ठगी आरोपमा प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिजनल भिसामा बेलायत पठाउने र त्यहाँ पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर प्रतिव्यक्ति नौ लाख लाग्ने भन्दै पाँच जनाबाट १५ लाख रुपैँया लिई उनी सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि राईलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।

टिप्पणीहरू