मोटरसाइकलमा सवारसँग स्रोत नखुलेको लाखौं नगद र सुन
सर्लाहीमा स्रोत नखुलेको नगद र सुनसहित दुई जना समातिएका छन् । डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री पक्राउ परेका हुन ।
प्रहरीले हिजो नयाँ रोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ, दुई सय ३३ ग्राम दुई सय ८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रासलेट १ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू