खैरो हिरोइनका कारोबारी ठाउँको ठाउँ पक्राउ
काठमाडौँको व्यस्त बजार महाँकालबाट खैरो हिरोइनका कारोबारी रंगेहात समातिएका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले लागुऔषध किनबेच भैरहेकै ठाउँबाट वीरगञ्ज महानगरपालीका-२९ रतनपुरा घर भइ हाल काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने २७ वर्षीय सञ्जय आलमलाई पक्राउ गरेको हो ।
महाँकालमा लागूऔषध विक्री भइरहेको सूचनाको आधारमा आलमलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, ११ हजार ५ सय रुपैयाँ र सामसुङ मोबाइल १ थानसमेत प्रहरीले बरामद गरेको छ ।
आलम विरुद्द लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा सम्मानीत काठमाडौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू