बैंकिङ कसूर मुद्दाका अर्का फरार प्रतिवादी समातिए
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी समातिएका छन् । रामेछाप घर भइ हाल काठमाडौं महानगरपालिका–१० बस्ने ३९ वर्षीय निरज बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले कोटेश्वरबाट पक्रेको हो ।
उनले आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा अर्का एक जनालाई चेक दिएका थिए । तर चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसूर मुद्दामा २०७७ पुष १९ गते ४२ लाख रुपैयाँ जरिवाना र आठ दिन कैदको सजाय सुनाएको थियो । बुढाथोकी त्यसयत फरार भएका हुन् ।
उनलाई साढे दुई वर्षपछि हिजो नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । त्यसपछि डिल्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू