औषधीमा समेत भन्सार छलेर अचाक्ली
मेडिकल सामाग्रीमा भन्सार छलेको आरोपमा सामानसहितको ट्रक वीरगञ्जबाट समातिएको छ । वीरगञ्ज महानगरपालिका- ८ घण्टाघर चोकबाट खुद्रा र मेडिकलका सामानहरू बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले घण्टाघरचोकस्थित सडकखण्डमा ना.६ ख ३५१६ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा ३६ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खुद्रा र मेडिकलका सामानहरू बरामद गरेको जनाइएको छ ।
बरामद सामानसहित अस्ति समातिएको ट्रकलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
टिप्पणीहरू