बिरामी कति कति, बेडचाहिँ यति
मान्छे आधाउधी मरिसक्दा पनि बचाउने आशा बोक्ने भेन्टिलेटर छन् जम्मा ४ सय १८ वटा ।
कल्पना गरौं, कोरोनाका कारण काठमाडौंमा भेन्टिलेटारमा राखिनुपर्ने बिरामीको संख्या अचाक्ली बढ्यो ।
दु:खका साथ भन्नुपर्छ हामीसँग ‘राम-राम’ भन्नुबाहेक अर्को ठाउँ छैन ।
भोलि-पर्सिदेखि विभिन्न देशमा रहेका नेपालीको ठूलो संख्यालाई काठमाडौं विमानस्थलमा उतार्ने तयारीसँगै काठमाडौंको स्वास्थ्यसेवाको हिसाब निकालिएको छ ।
केही भएन-ठीकै छ, केही भयो कि देश अकल्पनीय आपतमा पर्दैछ ।
यो निश्चित छ, स्वदेश फर्किने लाखौंको संख्याबाट कम्तिमा दुई-चार हजार संक्रमित निस्कन्छन् ।
सामान्य संक्रमण झेल्ने स्वास्थ्य सेवा, जनशक्ति र साधन त उपलब्ध छ । तर, महामारीकै रुप लियो भने स्थिति चौपट्ट छ ।
देशभरका अस्पतालमा सामान्य स्थितिमा स्वास्थ्य सेवा प्रदान गर्न १६ हजार २ सय ५३ शैया उपलब्ध छ । त्यसमध्ये राम्रा मानिने अस्पतालमा ७५ सय ६३, विभिन्न मेडिकल कलेजहरुमा ७५ सय ९१ र काठमाडौंका स-सानामा गणना हुनेअस्पतालमा १ हजार ९९ शैया जोड्दा यो संख्या निस्किएको हो ।
त्यसमध्ये कोभिडका लागि छुट्टयाइएको शैया छ, १४ सय ८० ।
ती हुन्,नर्भिक, ग्रयाण्डी, उपेन्द्र देवकोटाको न्युरो अस्पताल, विनायक, चिरायुजस्ता राम्रा भनिने अस्पतालमा ७ सय ९८, मेडिकल कलेजहरुमा ५ सय ५२ र स-साना भनिनेमा १ सय ३० कोभिड वार्ड- जम्मा १६ हजार १ सय ८१ वटा ।
आइसियुको निम्ति राम्रा अस्पतालमा ३ सय २४, मेडिकल कलेजहरुमा ३ सय ५७ र स-सानामा१ सय ९२ गरी जम्मा १६ हजार १ सय ८१ ।
र, सबभन्दा कहालीलाग्दो त भेन्टिलेटरको स्थिति छ ।
मान्छे आधाउधी मरिसक्दा पनि बचाउने आशा बोक्ने भेन्टिलेटर छन् जम्मा ४ सय १८ वटा ।
त्यस्ता भेन्टिलेटर राम्रा मानिने अस्पतालमा १ सय ६२, मेडिकल कलेजहरुमा १ सय ४४ र स -साना भनिनेमा १ सय १२ छन् ।
त्यसमाथि कोरोनाको भेन्टिलेटरको कुरा अलग छ ।
अरु भेन्टिलेटरमा राखिएको बिरामीको मृत्यु नै भए पनि स्यानिटाइज गरेपछि अर्को बिरामी राख्न मिल्छ । तर, कोरोनाको कारण ज्यान गयो भने बिरामीलाई भन्दा पहिला भेन्टिलेटरलाई नष्ट गर्नुपर्ने हुन्छ ।
किनभने, प्लाष्टिक र फलामजन्य वस्तुमा यो भाइरस बढी समय जीवित रहन्छ ।
यो त संक्रमित पहिचान भएपछिको अवस्थाको चित्र भयो ।
तर, संक्रमित पहिचानको स्तर नै हाम्रोमा गतिलो छैन ।
सरकार विदेशबाट आरडिटी कीट आयातलाई प्रोत्साहित गर्दैछ । त्यस्तो हुँदा अहिले महाबौद्ध-गुच्चाटोलका कपडा र जुत्ताका व्यापारी पनि आरडिटी लिन चीनको ग्वान्झाओ पुगेका छन् । जबकि, आरडिटी परीक्षण कोभिड पहिचानको अन्तिम विधि होइन । यो त रक्त संकेतका आधारमा शरीरमा भाइरसको मात्रा कति छ भन्ने देखाउने मात्र हो । मानिसको शरीरमा अरु कुनै भाइरस छ भने आरडिटीले पोजेटिभ देखाइदिन्छ । मानिसको शरीरमा कतिपय हानी नगर्ने भाइरस पनि हुन सक्छन् ।
त्यसैले कोभिड परीक्षणका लागि चाहिने भनेकै पिसिआर हो । यसको भने चरम अभाव छ ।
अहिले काठमाडौंका २२ ठाउँमा पिसिआर किटबाट परीक्षण सेवा चलेको छ । एउटा पिसिआरको रिपोर्ट आउन सामान्यतया १२ घण्टा लाग्नुपर्नेमा दक्ष ल्याब टेक्निसियनको अभावमा रिपोर्टका लागि ३६ देखि ४८ घण्टा पर्खिनुपर्ने स्थिति छ ।
कोरोनाको कारण ज्यान गयो भने बिरामीलाई भन्दा पहिला भेन्टिलेटरलाई नष्ट गर्नुपर्ने हुन्छ ।
टिप्पणीहरू