आउन थाले विदेशका नेपाली, शुरुमै होल्डिङको अन्यौल

आउन थाले विदेशका नेपाली, शुरुमै होल्डिङको अन्यौल

विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने क्रममा म्यानमारमा रहेका २६ जना काठमाडौं ओर्लिएका छन् ।

आज विहान म्यानमारको राजधानी याङुनबाट एयर फोर्सको उडानमा ती नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।
तर, होल्डिङ व्यवस्थापनमा अलमल चलिरहेको छ ।

जो यात्रु जुन प्रदेशका बासिन्दा हुन्, उनीहरूलाई सेनाले तोकिएको सम्बन्धित प्रदेशको होल्डिङमा लैजानुपर्ने हो । तर, प्रदेश प्रतिनिधिहरु सम्पर्कमा नआएपछि सेनाले सबै यात्रुलाई बसुन्धारास्थित यति इभेन्टस् लग्यो ।

आजै अपराह्न संयुक्त अरब इमिरेट्स (दुबई) बाट १ सय ६८ नेपाली त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन् ।

उनीहरू एयर अरेबियाको उडानबाट नेपाल आउँदै छन् ।

त्यसरी विमानस्थलमा अवतरित यात्रुलाई धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेस, चण्डोलस्थित क्लब कुण्डलिनी प्याथोलिजी र बसुन्धारास्थित यतिमा लगिन्छ ।

यात्रुलाई सेनाले लगेका ती ठाउँहरुबाट प्रदेश सरकारले जिम्मा लिने भएको छ । आजै प्रदेशहरुले आ-आफ्ना नागरिकलाई गाडीमा सम्बन्धित प्रदेश लैजाने भएका छन् ।

 

टिप्पणीहरू