मारवाडी जुवाडेलाई ४० र ३० हजार धरौटी
जुवा खालबाट आइतबार पक्राउ परेक गिनी गणतन्त्रका अवैतनिक राजदूत अशोककुमार अग्रवाल ४० हजार धरौटीमा रिहा भएका छन् ।
कमलादीस्थित बुटिक होटलमा जुवा खेल्ने अशोकसहित ९ मारवाडी व्यापारी पक्राउ परेका थिए ।
त्यही समूहमा एनआइसी एसिया बैंकका प्रमोटर रामचन्द्र संघाईसहितका उच्च घरानिया मारबाडीहरु थिए । उनीहरू भने ३०-३० हजार धरौटीमा छुटेको मुद्दाका अनुसन्धान अधिकृत, इन्स्पेक्टर प्रदीप सुवेदीले बताए ।
छुट्नेहरुमा बुटिक होटल सञ्चालक निकी जोगाई, नन्दकिशोर शर्मा, विमलकुमार खेतान, विमल ओहुजा, सुरेशकुमार अग्रवाल, गोविन्द घिरैया, अशोककुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल छन् ।
टिप्पणीहरू