काम शून्य, यस्ताको कथा कसले सुन्ने ?
कार्यसम्पादन सन्तोषजनक नरहेकालाई नियुक्त गरिदिन भन्दै प्रधानमन्त्री कार्यालयबाट अचेल तारन्तार उद्योग मन्त्रालयमा फोन जान थालेको बताइन्छ ।
विगतमा कार्यसम्पादन जिरो भएका एक कांग्रेसीलाई सरकारी नियुक्ति दिन प्रधानमन्त्रीकै वरपरका मान्छेहरु लागेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजमा एक कांग्रेसी र विगतका असफल हाकिमलाई पुन: नियुक्ति दिलाउनका लागि प्रधानमन्त्रीका सल्लाहकारहरुले दबाब दिन थालेको बताइन्छ ।
सरकारले अत्यन्त महत्वसहित स्थापना गरेको विशेष आर्थिक क्षेत्र सेजको प्रमुखको रुपमा विगतको कार्यसम्पादन सन्तोषजनक नरहेका चण्डीप्रसाद भट्टलाई नियुक्त गरिदिन भन्दै प्रधानमन्त्री कार्यालयबाट अचेल तारन्तार उद्योग मन्त्रालयमा फोन जान थालेको बताइन्छ ।
४ बर्षे कार्यकाल पूरा गरी अघिल्लो बर्ष त्यहाँबाट निस्किएका हुन् भट्ट । त्यहाँ उनको कार्यकाल सकिएसँगै सेजमा अर्को नियुक्ति हुन सकेको छैन । सेजको जिम्मेवारी अहिले मन्त्रालयकै सहसचिव शोभाकान्त पौडेलले सम्हालिरहेका छन् ।
४ बर्षअघि महेश बस्नेत उद्योगमन्त्री हुँदा सेजमा नियुक्ती खाएका व्यक्ति हुन् चन्डी । तह उपसचिव तर सेवा र सुविधा मन्त्रीभन्दा माथिको । साढे तीन वर्षसम्मको कार्यप्रगतिचाहिँ ‘जिरो’ । मन्त्रिपरिषद्बाटै निर्णय गराएर ०७२ असोज ७ मा ४ बर्षे कार्यकालका लागि भट्टलाई विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशक बनाइयो र तलब तोकिएको थियो मासिक ७५ हजार । भत्ता र अन्य सुविधा त छँदै थियो । तर, यो अवधिको कार्यप्रगति लज्जाजनक रह्यो ।
भट्टकै कारण सरकारले विशेष महत्व राखेको विशेष आर्थिक क्षेत्र विकास समिति पंगु बनेको उद्योग मन्त्रालयका अधिकारी सुनाउँछन् । उनको कार्यकालमा सरकारले विशेष महत्व राखेको भैरहवा विशेष आर्थिक क्षेत्र बजारीकरण गर्ने योजना अलपत्र, विशेष आर्थिक क्षेत्रभित्र विदेशी लगानी भित्र्याउने योजना तर्जुमा शून्य, विशेष आर्थिक क्षेत्र विकासका लागि सूचना प्रविधि विकास र सेजका कर्मचारीको सीप विकास तालिमको व्यवस्था मिलाउनेजस्ता काम भद्रगोल रह्यो ।
उनीसँग करार सम्झौता गर्दा १२ वटा बुँदा उल्लेख गरिएकोमा सबैमा शून्य प्रगति गरेको देखिन्छ । भट्ट केही समयअगाडि सम्पन्न इञ्जिनियरिङ एसोसियनको निर्वाचनमा कांग्रेस कोटाबाट उपाध्यक्ष उठेर पराजित भए का थिए !
टिप्पणीहरू