हात्ती आयो, गोकर्ण फुस्सा
कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेलाई उद्धृत गर्दै तीनै जना बरिष्ठ सहसचिव बढुवा भएको खबर आएको थियो । यही आधारमा गोकर्णहरुले पनि बधाई खाए । तर, यो समाचार तयार पार्दासम्म गोकर्णमणि आफ्नो बढुवा नभएको स्पष्टीकरण दिँदैमा हत्तु छन् ।
अर्थमन्त्री, मुख्यसचिव र प्रधानमन्त्रीको सचिवालयका केही सदस्यको दबाबपछि फेरि अर्काे एक जना वरिष्ठ सहसचिव शहीद भएका छन् । तिनले बाग्मति प्रदेशका सचिव योगेन्द्रकुमार कार्कीकै नियति भोगेका हुन् ।
महिना दिनअघि नै बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको हो गोकर्णमणि दुवाडीको नाम । तेश्रो नम्बरका बिष्णु नेपाललाई सचिवमा उकालिँदा गोकर्णमणि दुवाडी सहसचिवमै थन्काइएका छन् ।
समितिले वरिष्ठताका आधारमा गोकर्णमणि दुवाडी, मानबहादुर बिक र विष्णु नेपालको नाम सिफारिस गरेको थियो । यसैमध्येबाट गत बिहिवार बसेको मन्त्रिपरिषद बैकठले बरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीलाई अड्काएर आगामी चैतमा घर जान लागेका नेपाललाई उकासेको हो ।
मन्त्री नै कुहिरोभित्रको काग
क्याबिनेटको निर्णयबारे मन्त्रीहरुकै हाल कुहिरोभित्रको कागको झैं भएको छ । बिहिबार नै कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेलाई उद्धृत गर्दै तीनै जना बरिष्ठ सहसचिव बढुवा भएको खबर आएको थियो ।
यही आधारमा गोकर्णहरुले पनि बधाई खाए । तर,यो समाचार तयार पार्दासम्म गोकर्णमणि आफ्नो बढुवा नभएको स्पष्टीकरण दिँदैमा हत्तु छन् ।
स्रोतका अनुसार, यसरी गोकर्णको बढुवा अड्किनुको एउटा कारण हो, जनतासँग प्रधानमन्त्री कार्यक्रमको लागि डकुमेन्ट्री निर्माणको काम नदिनु । मनोज पाण्डेले त्यतिखेर सिंहदरबारका हरेक मन्त्रालय र निकायहरुमा डकुमेन्ट्री निर्माण गर्न भन्दै २० देखि २५ लाखसम्म उठाएका थिए । तर भूमिब्यवस्था तथा अभिलेख विभागको महानिर्देशक रहेका गोकर्णले सो काम नदिएवापत अहिले भुक्तमान भोग्नुपरेको हो ।
टिप्पणीहरू