संसद बैठक : राष्ट्रिय सभाको बस्दै, प्रतिनिधिसभाको सर्यो
प्रतिनिधिसभाको आजको बैठक दुई घण्टा पछाडि धकेलिएको छ । बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ बजे सारिएको छ ।
तर राष्ट्रिय सभाको बैठक तोकिएको समयमा बस्न लागेको छ । बिहान ११ बजे डाकिएको बैठक शुरु हुन लागेको बताइन्छ ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । कार्यसूचीमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सभासमक्ष टेबुल गर्ने कार्यक्रम पनि छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा.बेदुराम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने बताइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू