छिमेकको निर्वाचन आयोगले यस्तो गर्यो, हाम्रोमा कहिले ?
भारतको निर्वाचन आयोगले सात दर्जन बढी राजनीतिक पार्टीलाई सूचीबाट हटाएको छ । आयोगमा दर्ता भए पनि अस्तित्वमा नरहेका ८६ वटा राजनीतिक पार्टीलाई सूचीबाट हटाएको हो ।
योसँगै आयोगले दुई सय ५३ वटा पार्टीलाई निष्क्रिय घोषणा गरेको छ । सन् २०१४ र २०१९ मा प्रदेश साधारण सभा र संसदीय निर्वाचनमध्ये कुनैमा पनि सहभागिता नजनाएकाले ती पार्टीको हैसियतलाई निष्क्रिय पारिएको आयोगको भनाइ छ ।
साथै,ती दललाई चुनाव चिन्ह प्रयोग गरी लाभ लिन आयोगले रोक लगाएको छ ।
टिप्पणीहरू