करिश्मा र शान्ता सँगै कलेज पढ्ने
नायिका करिश्मा मानन्धर र प्रतिनिधि सभा सांसद शान्ता चौधरी एउटै कलेज पढ्ने भएका छन् । गत वर्ष कक्षा १२ उत्तिर्ण गरेका दुवैले राजधानीको कोटेश्वरस्थित हिमालय कलेजमा भर्ना लिएका हुन् ।
नायिका मानन्धर र सांसद चौधरीले हिमालय कलेजबाट चार वर्षे स्नातक तह अध्ययन पूरा गर्नेछन् । उनीहरु भर्ना गर्न कलेज पुगेका हुन् ।
नायिका मानन्धरले ललितपुरको गोदावरीस्थित किटिनी उच्च माध्यमिक विद्यालयबाट उच्च शिक्षा पूरा गरेकी हुन् । कक्षा १२ मा २.४१ जीपीए ल्याएकी उनले यसअघि किटिनीमा ग्रामीण विकास नभएकाले कलेज परिवर्तन गर्ने बताएकी थिइन् ।
यता,सांसद चौधरीले भने नयाँ बानेश्वरस्थित रत्नराज्य उच्च माध्ममिक विद्यालयबाट उच्च शिक्षा हासिल गरेकी हुन् । उनी मानविकी संकायअन्तर्गत समाजशास्त्र विषयकी विद्यार्थी हुन् ।
टिप्पणीहरू