संक्रान्तिको दिन ‘बा’ लाई लिएर एमाले काठमाडौँमा हिँड्ने
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा काठमाडौँ उपत्यकामा पदयात्रा गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर आयोजना गरिएको पदयात्रा असोज १ गते बिहानै काठमाडौंका विभिन्न पाँच ठाउँबाट निक्लने र वसन्तपुर पुगी समापन हुने जनाइएको छ ।
पदयात्रामा सहभागी हुन एमालेले उपत्यकास्थित नेता,कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरुलाई बिहान ६ बजे आफूलाई पायक पर्ने स्थानमा जमघट भई बानेश्वर, लैनचौर,मैतिदेवी,कुपण्डोल र कालिमाटी पुग्न भनेको छ । यात्राको समापन वसन्तपुरमा हुने र त्यहाँ अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहको एमालेले जनाएको छ ।
एमाले कार्यकर्ताहरुले ‘आफ्नो स्वास्थ्य बनाऊँ,पार्टीको स्वास्थ्य सुधारौं’ भन्दै सामाजिक सञ्जालबाट यात्रामा सहभागी हुन निमन्त्रणा गरिरहेका छन् । निमन्त्रणासँगै हिंड्न सजिलो हुने लुगा र जुत्ता लगाएर १ बोतल पानी बोक्न सुझाव दिइएको छ ।
चुनावको उम्मेदवारीका लागि भेटघाट तथा भनसुन गर्न र आफूले चाहेको उम्मेदवारको पक्षमा लबिङ गर्न काठमाडौँ आइपुगेका सबै कमरेडहरु पदयात्रामा सहभागी हुने बताइएको छ ।
टिप्पणीहरू