अन्तिम महत्वपूर्ण भेटघाट पनि सकियो
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सुबीच भेटवार्ता भएको छ । उहाँहरुवीच राष्ट्रपति कार्यालय शीतल निवासमा करिब एक घण्टा भेटवार्ता भएको हो ।
चार दिने भ्रमणका लागि सोमबार काठमाडौँ आइपुग्नुभएका अध्यक्ष चान्सु राष्ट्रपति भण्डारीलाई भेट्न अपराह्न ४ बजे शीतल निवास पुग्नुभएको थियो । यसअघि आज बिहान उहाँले भक्तपुर दरवार स्क्वयारको अवलोकन गर्नुभयो ।
नेपाल आएकै दिन सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएका चान्सुले हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको थियो ।
सभामुख सापकोटाको निमन्त्रणमा चान्सु देखिने गरी ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । भ्रमण सकेर भोलि बिहानै यतैबाट कोरियातर्फ लाग्ने कार्यक्रम छ ।
टिप्पणीहरू