बच्नोस् है,सामाजिक सञ्जालबाट ठगिनु होला
विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमा आउने म्यासेजहरुलाई वास्ता नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । सामाजिक सञ्जालका विभिन्न एपहरुमार्फत प्रलोभनमा पारी ठगीका घटना बढेपछि प्राधिकरणले सूचना निकालेर सचेत गराएको हो ।
प्राधिकरणले सामाजिक सञ्जालहरु भाइबर, म्यासेन्जर,ह्वाट्सएप, इमो,विच्याटजस्ता एपहरुमा राष्ट्रिय झण्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगोसमेत दुरुपयोग गरेर प्रलोभनमा पार्ने क्रम बढेको जनाएको छ ।
सर्वप्रथम पुरस्कार परेको भनी म्यासेज पठाउने र प्रलोभनमा पार्ने गरेको प्राधिकरणको भनाइ छ । त्यसपछि नाम,नम्बर र बैंक खातालगायत अन्य व्यक्तिगत विवरण खोल्न लगाई ठग्ने गरेको भन्दै प्राधिकरणले यस्ता लिंक नखोल्न भनेको छ ।
‘अतः यस्ता प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज तथा यससंग आउने लिंक नखोल्नुहुन,यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन र अरुलाई पनि ठगिनबाट जोगाउन सम्पूर्ण उपभोक्ताहरुलाई जानकारी गराइन्छ’,सूचनामा भनिएको छ।
टिप्पणीहरू