चोलेन्द्रले नाम पोलेका श्रीमानहरुको संसदीय समितिलाई जवाफ : हामी आउन मिल्दैन
सर्वोच्च अदालतको फूलकोर्ट बैठकले संसदीय सिफारिस समितिमा न्यायाधीशहरु जवाफका लागि उपस्थित नहुने निर्णय गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले बयानका क्रममा न्यायाधीशहरुको नाम पोलेपछि समितिले पत्र काटेर जवाफका लागि बोलाएकोमा सर्वोच्चले न्यायाधीशहरु संसदीय समितिमा उपस्थित हुन नमिल्ने जानकारी गराइएको हो ।
समितिले कामु प्रधानन्यायाधीश दिपक कार्की,दोश्रो वरियताका हरिकृष्ण कार्की, चोलेन्द्रले सबैभन्दा धेरै आक्षेप लगाएका न्यायाधीश प्रकाशमानसिंह राउत,ईश्वर खतिवाडा, डा.आनन्दमोहन भट्टराई र हरि फुयाँललाई आज पत्र लेखेर बयानका लागि भोलि बिहान उपस्थित हुन भनेको थियो ।
त्यसलगत्तै बसेको फुलकोर्ट बैठकले न्यायाधीशहरू त्यसरी समितिमा जानु शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भएकाले उपस्थित नहुने निर्णय गरी त्यसको लिखित जानकारी समितिलाई पठाएको हो।
चोलेन्द्रले बयानका क्रममा अदालतमा बेथिति बढ्नुमा ६ जना सहकर्मी न्यायाधीशको भूमिका रहेको गम्भीर आरोप लगाएका थिए ।
टिप्पणीहरू