अमेरिकी राजदूत नामिबियामा, भारतीय डिसीएम केन्यामा

अमेरिकी राजदूत नामिबियामा, भारतीय डिसीएम केन्यामा

नेपालस्थित भारतीय दूतावासकी डिसीएम अर्थात उपनियोग प्रमुख नामग्या सि. खम्पा केन्याका लागि भारतीय राजदूतमा नियुक्त भएकी छन् । उनी आफ्नो कार्यभार सम्हाल्न हिजो काठमाडौंबाट कतार एयरवेजको उडानमा बिहान सवा ११ बजे दोहा हुँदै नैरोबी प्रस्थान गरेको दूतावास स्रोतले जनाएको छ ।

त्यसैगरी नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी नामिबियाको लागि यसअघि नै अमेरिकी राजदूत नियुक्त भइसकेका छन् । राजदूत बेरी आफ्नो कार्यकाल सकाएर उता जाने क्रममा अहिले काठमाडौंमा बिदाई भेटमा व्यस्त देखिन्छन् ।

टिप्पणीहरू