एमाले संसदीय दलको अन्तिम बैठकमा सामूहिक तस्बिर
नेकपा एमालेको प्रतिनिधिसभा संसदीय दलको अन्तिम बैठक बसेको छ । भोलि मध्यरातबाट प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले आफ्ना सबै सांसदहरूसँग पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले छलफल गर्नुभएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको अन्तिम बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई धन्यवाद दिनु भएको बताइएको छ । सांसदहरूले प्रतिनिधि सभामा खेलेको भूमिकाप्रति पार्टीको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्नुभएको सहभागी एक जना सांसदले बताए ।
प्रतिनिधिसभामा एमालेका ९१ जना सांसद छन् । आजको बैठकमा आगामी निर्वाचनमा सशक्त रूपमा खट्न र मङ्सिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम ल्याउन सांसदहरूलाई अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ । संसदीय दलको अन्तिम बैठक बसेको अवसरमा सबै सांसदहरूले सामूहिक तस्बिरसमेत खिचाएका छन् ।
टिप्पणीहरू