निर्वाचन आयोगद्वारा पुरानो बन्दसूची खारेज
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची भोलिदेखि स्वतः खारेज हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची भोलि मध्यरातदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको निम्ति समानुपातिक बन्दसूची असोज २ र ३ गते बुझाउने कार्यतालिका छ ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको पत्र र राजनीतिक दलहरुसँगको बैठकबाट प्राप्त सुझावका आधारमा आयोगले २०७४ को बन्दसूची स्वतः खारेज गर्ने निर्णय गरेको बताइएको छ ।
टिप्पणीहरू