कहाँ गए ती सामग्री ?
कोरोना संक्रमण रोकथाम र उपचारको लागि सरकारले जिटुजीमार्फत् चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्नुका अलावा कोरिया, सिंगापुर, स्विटजरल्याण्डलगायतका सरकारले पनि परीक्षण किटलगायतका सामग्री सहयोग स्वरूप उपलब्ध गराएका छन् । तर ती कहाँ खपत गरिए ?
आवश्यक सामाग्री स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको समन्वयमा विभिन्न प्रदेश र अस्पतालमा पठाउने गरिएको छ । जिल्लाका कोरोना उपचार अस्पताल, परीक्षण केन्द्र, क्वारेन्टिन र आइसोलेशन बेडको आधारमा ती सामानको संख्या निर्धारण गरेर पठाउने गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ । यसरी गएका सामान हालसम्म खरिद गरिएका मात्रै पठाइएको तर,सहयोगस्वरूप प्राप्त स्वास्थ्य सामाग्रीवारे जनतालाई चासो त छ तर खासै जानकारी छैन ।
उपत्यका बाहिरका अस्पताल, परीक्षण केन्द्र, क्वारेण्टिन र आइसोलेशन केन्द्रमा पठाइएका स्वास्थ्य सामाग्रीको संख्या र प्रयोग गरिएका तथा बाँकी मौज्दातको विवरणबीच ठूलो अन्तर रहेको बताइएको छ । परीक्षण र उपचारमा प्रयोग गरिएको सामाग्रीको संख्या,उपचार वा परीक्षण गरिएका बिरामीको संख्या र ती अस्पतालमा मौज्दात सामाग्री संख्या बराबर केन्द्रबाट पठाइएको सामाग्रीको कूल संख्या हुनुपर्नेमा अधिकांश ठाउँमा ठूलो अन्तरमा मिलेको देखिँदैन । विशेषगरी, भारतीय सीमासँग जोडिएका तराईका जिल्लामा पठाइएका महँगा स्वास्थ्य सामाग्रीको उपचारमा भन्दा सीमापार दुरूपयोग भएको आशंका पनि छ ।
टिप्पणीहरू