आवास क्षेत्रमा भुकम्पस्मृति बहुउद्देश्यीय कभर्ड हल

आवास क्षेत्रमा भुकम्पस्मृति बहुउद्देश्यीय कभर्ड हल

काठमाडौंको स्वयम्भू नजिकैको डल्लुमा रहेको आवास क्षेत्रमा भुकम्पस्मृति बहुउद्देश्यीय कभर्ड हल बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त हलको आज शिलान्यास गर्नुभएको छ ।

हल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने बताइएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु सञ्चालन गर्न सकिने जानकारी दिनुभयो ।

बहुउद्देश्यीय कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ । जसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्न सकिनेछ । साथै स्थानीयस्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगी हुने उहाँको भनाइ छ ।

कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।

टिप्पणीहरू