ललितपुरमा बम विष्फोट
राजधानी काठमाडौंसँगै सिमाना जोडिएको ललितपुरको प्रसिद्ध धार्मिक स्थल बंगलामुखी क्षेत्रमा आज राति साढे ९ बजे आसपास बम विष्फोटको आवाज सुनिएको छ ।
विप्लव नेकपाका जिल्ला कमिटी सदस्य श्याम बज्राचार्यको कोठाबाट केही सामान बरामद गरिएसँगै सेनाको बम डिस्पोजल टोली त्यस क्षेत्रमा पुगेको थियो । सोही क्रममा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।
श्याम लकडाउनअघि गाबहाल क्षेत्रस्थित मिठाइ पसलअगाडि बम विष्फोट गराएदेखि नै कडा भूमिगत रहँदै आएका थिए । नागबहाल इखाछेंस्थित उनको घरमा आज राति प्रहरीले बल्ल छापा मारी उनलाई समात्न सकेको हो ।
तीन–चार दिनयतादेखि शंखमूल आवास क्षेत्रवरपर एउटा फर्निचर फ्याक्ट्रीमा उनको आवतजावत बढ्दै गएको थियो । श्यामले साली भगाएदेखि इखाछेको घर छाडेर बसेका थिए । बिहान एघार बजेतिरै समातिएका उनीबाट विभिन्न ठाउँमा बरामद तीनवटा बम सेनाले ११ नम्बर वडा कार्यालय, ढुङ्गेधाराछेउ मकैवारीमा राति डिस्पोज गरेको हो ।
टिप्पणीहरू