फरमुल्लाहलाई फुकालेर,रामबाबुलाई उचालेर

फरमुल्लाहलाई फुकालेर,रामबाबुलाई उचालेर

मुस्लिम कोटामा ‘आफ्नो हात जगन्नाथ’ गरिएपछि अरु मुस्लिम नेता असन्तुष्ट भएका छन् । तर,कांग्रेसका निष्ठावान सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने यसलाई स्वाभाविकै तर बाध्यतात्मक परिस्थिति भएको तर्क गरेका छन्, जनआस्थासंग । एकातिर गठबन्धन बचाउनुपर्ने, अर्कोतिर पार्टीको दबाबले समानुपातिककै कित्तातिरै उभ्याउनुपर्ने बाध्यता छ । उनको भनाइमा दम पनि छ,बारा जिल्लाको निर्वाचन क्षेत्र जसपाका निवर्तमान सांसद रामबाबु यादवलाई छोड्नुपर्ने गठबन्धनको सम्भावित निर्णयलाई टेकेर फरमुल्लाहले आफ्नो सिट सुरक्षित गरेका हुन् ।

सदाबहार पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम रौतहटको चिल्मी हत्याकाण्डमा नख्खु जेल पुगेपछि कांग्रेसमा मुस्लिम समुदायका पुराना र प्रभावशाली नेता उनी मात्र नेतृत्वमा हुनुले कांग्रेसकै शीर्ष नेताहरुबाट उनलाई समानुपातिकमा सुरक्षित गरिदिनुपरेको अवस्था पनि विद्यमान छ । चुनावी प्रतिस्पर्धाबाट भागेको आरोप उनीमाथि छैन,जसरी प्रभावशाली नेतृ आरजु देउवा, नेताहरु विमलेन्द्र निधि, गोपालमान सिंह, प्रकाशशरण महतमाथि यस्तो आरोप छ ।

अविवाहित फरमुल्लाहलाई मधेश प्रदेशमा कांग्रेस पार्टीका भावी मुख्यमन्त्रीको रुपमा उभ्याउनुपर्ने र त्यस कारण प्रदेश सभामा सुरक्षित बनाउनुपर्ने कतिपय कांग्रेसीहरुको बुझाइ थियो । मोहम्मद लालबाबु राउत गद्दीले यसवीच मधेशी दलबाट पाँच वर्ष मुख्यमन्त्रीको कार्यकाल पूरा गरेका छन् । फरमुल्लाहलाई भने कांग्रेसले चुनावी सभाहरुमा मुस्लिम समुदायका नेताको हैसियतले दौडाउन लागेको एक जना नेताले बताए ।

फरमुल्लाहको विशेषता के भने उनी कसैलाई अपमान गर्न जान्दैनन् र सन्तुलनकारी तथा इमान्दार छन् । गान्धीवादी सिद्धान्तका उनी दुईपटक मन्त्री भए । पहिलोचोटि विज्ञान तथा प्रविधिमन्त्री,अर्कोचोटि श्रममन्त्री । “हलीको छोरा यहाँसम्म पुग्नु सानो कुरो होइन ।” उनले आफू मन्त्री हुँदा पनि कसैसंग पाँच रुपैयाँ अतिरिक्त कमाइको रुपमा नलिएको दाबी गरे । भने- कसैले प्रमाणित गरिदिन्छ भने म राजनीतिबाट सन्यास लिन्छु ।

अर्को प्रसङ्गमा नेपाली कांग्रेसको महाधिवेशनमा मुस्लिम कोटाबाट सहमहामन्त्री निर्वाचित फरमुल्लाहले भने- नेताहरुको आपसी छलफलमा सबै समर्थन जनाउने तर बाहिर अर्कैथरी देखाउनेलाई ‘टुल्स’ बनाउने नीति गलत हो । “

टिप्पणीहरू