मुलुकको तीब्र विकासको निम्ति नेता असल हुनुपर्छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काममा तीब्रता आउने बताउनुभएको छ । बारामा सडक शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त धारणा राख्नुभएका हो ।
उहाँले भन्नुभयो ‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तीब्र गतिमा विकास हुन्छ । तर कामभन्दा गफ ठूला गर्ने नेता भएपछि जनतालाई हेपिन्छन् र देश विकास पनि हुँदैन ।’
मन्त्री चौधरीले गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्डको साथै टेलिकम चोक–विकासशील चोक–रंगशाला चोक–एयर्टपोर्ट दक्षिण सीमानासम्म जोड्ने सडक निर्माणलगायत ५० करोडका आयोजनाहरुको शिलान्यास गर्नुभएको छ ।
टिप्पणीहरू