शौच गर्दा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
पर्सामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२ का सिद्धान्त उपाध्यायको आज बिहान चट्याङ लागेर ज्यान गएको हो ।
सोही महानगरको इदगाह चोकस्थित छठीमाई पोखरी नजिक चट्याङ लागेर उपाध्यायसहित तीन जना घाइते भएका थिए । घाइतेमध्ये १५ वर्षीय उपाध्यायको नारायणी अस्पतालमा मृत्यु भएको पर्साका डिएसपी दिपक गिरी जानकारी दिए ।
उनका अनुसार घाइते कुलनेसा खातुन र अर्जुन राउतको उपचार भइरहेको छ । १३ वर्षीय राउतको अवस्था गम्भीर रहेको उनले बताए ।
यसैगरी विन्दवासिनी गाउँपालिका–४ अमरपट्टिस्थित चट्याङ लागेर कुन्दन दास घाइते भएका छन् । शौचालय जाने क्रममा चट्याङ लागेर दास घाइते भएको प्रहरीले जनाएको छ । उनको पनि नारायणी अस्पताल वीरगञ्जमै उपचार भइरहेको छ ।
टिप्पणीहरू