उपेन्द्रलाई छाडेर कार्की फेरि खसवादी आान्दोलनमा
खसवादी आन्दोलनमा नेतृत्व गर्दै उपेन्द्र यादवको पार्टीमा विलय भएका युवराज कार्की अन्तत आफनो पुरानै अभियानमा फर्केका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्यको जिम्मेवारीमा रहेका कार्की पार्टीले खसवादी मुद्दालाई वेवास्ता गरेको भन्दै जसपा परित्याग गरेको घोषणा गरेका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई स्वेच्छचारी ढंगले चलाएको आरोप लगाएका छन् । उनले मूलतः अध्यक्ष यादवको नेतृत्वमा पार्टीले खस आन्दोलनलाई धोका दिएकाले आफूले पार्टी छाडेर पुरानै अभियानको नेतृत्व गर्ने घोषणा गरेका हुन् ।
राष्ट्रिय खस समावेसी पार्टीको अध्यक्ष रहेका कार्कीले आफू र आफ्नो दललाई १० वर्षअघि यादवले नेतृत्व गरेको जनता समाजादी फोरममा विलय गराएका थिए ।
टिप्पणीहरू