दुई महिनामा ४४ हजार तोला सुन नेपाल भित्रियो
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ८२५ तोला सुन नेपाल ल्याइएको हो ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात घटेको विभागको तथ्यांकमा उल्लेख छ ।
गत वर्षको तुलनामा यस वर्ष सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको हो । गत साउनमा कुल एक अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात भएको थियो भने भदौमा दुई अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको थियो ।
अघिल्लो आर्थिक वर्षको यो दुई महिनामा बैंकहरूले आठ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए ।
टिप्पणीहरू