कताबाट कति पत्रकार काटिए ?
अन्यत्रका बेथिती, अनियमितता र अत्याचार उजागर गर्ने सञ्चारमाध्यमभित्रै @श्रमजीवीहरु मारमा परेका छन् ।
पुराना र बढी तलब खाने सञ्चारकर्मी धमाधम हटाइँदैछन् भने तिनका ठाउँमा थोरै पैसामा काम लगाउन सकिने नयाँ–नयाँ मान्छे भित्र्याउन थालिएको छ ।
यसै पनि असार मसान्तभित्र दरबन्दी अद्यावधिक गर्नुपर्ने । त्यसमाथि कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक मन्दीका कारण सञ्चारगृहहरु यस्तो अप्रिय निर्णयमा पुगेको बताउँछन् ।
यस्तो हुँदा देशका प्रतिष्ठित सञ्चारगृहबाट पत्रकार, प्राविधिक र प्रशासनिक कर्मचारीहरु बेरोजगार हुने सिलसिला बढेको हो ।
नयाँ पत्रिकाबाट झण्डै ४०, कान्तिपुरबाट ६०, नेपालन्युजबाट २७, उज्यालो नेटवर्कबाट ५ पत्रकार निकालिइसकेका छन् ।
त्यसै पनि बेतलबी काम गर्नुपर्ने नागरिक दैनिक, रिपब्लिकाबाट पनि पत्रकारहरु सलाम ठोक्दै हिँडिरहेका छन् ।
यही महामारीबीच एभेन्युजसहित न्युज २४ हरुले दर्जनौँ पत्रकारलाई बलपूर्वक बिदा गरेका छन् ।
सञ्चारगृहमा देखिएको यो विरक्तिलो वातावरणले देशमा फेरि एकचोटि केही युट्युबर र झोले अनलाइनहरुको बोलबाला बढ्ने, जनतामा समाचारका नाममा भ्रम बेच्ने, अशिष्टता, अमर्यादित शैली बढ्ने खतरा रहेको नेपाल पत्रकार महासंघको बुझाइ छ ।
यससँगै काम अर्थोक गर्ने, बाहिर अनलाइन मिडिया देखाएर व्यापारी तर्साउने जमात पनि सक्रिय हुने सम्भावना छ ।
तर, यही महामारीका बीच सक्नेले नकमाएका भने हैनन् ।
उज्यालो नेटवर्कले ‘कोरोना कहर’ का नाममा युनिसेफको परियोजना चलायो, ‘उज्यालो क्याप्सुल’ नामबाट ।
देशब्यापी नेटवर्क जोडिएको कायाकैरनमा स्वास्थ्य मन्त्रालयको एउटा जिङ्गल एकचोटि बजाएर ७ हजार पाउने पनि उज्यालो नै हो ।
र, त्यहाँ पनि बढी तलब खानेलाई बिदा र थोरै तलब खानेलाई स्वागत गर्ने सिलसिला छ ।
टिप्पणीहरू