सामाजिक सञ्जाल प्रयोगमा सजगता अपनाउन साइबर ब्यूरोको सुझाव

सामाजिक सञ्जाल प्रयोगमा सजगता अपनाउन साइबर ब्यूरोको सुझाव

पछिल्लो समय सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गरेर ठगी तथा अनावश्यक दुःख दिने घटना बढ्न थालेको छ । यस्ता घटनाबाट बच्न प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

ब्यूरोले केही व्यक्ति तथा अपराधिक समूहले विभिन्न नक्कली आईडी मार्फत् सामाजिक सञ्जालमा फ्रेन्ड रिक्वेस्ट पठाइ, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमोमा भिडियो कल गरी सोही भिडियोलाई अश्लिल बनाइ सामाजिक सञ्जालमा पोष्ट गरेर मानसिक तनाव दिने गरेको तथ्य खुलेको जनाएको छ ।

भिडियो कलको रेकर्डपछि साइबर अपराधमा फसाइदिने, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिने भन्दै विभिन्न किसिमका धम्की दिएर बारम्बार रकम माग गरेका धेरै वटा घटनाबाट सचेत रहन आग्रह गरिएको छ ।

‘सामाजिक सञ्जालमार्फत् साथी बनेर बैंक खाता खोल्न लगाई, बैंक खाता लिने र सम्बन्धित व्यक्तिको बैंक खाता आपराधिक गतिविधिमा दुरुपयोग गरिरहेको हुँदा ब्यूरोले यस्ता आपराधिक घटनाबाट सजग रहन तथा अपरिचित आईडि वा ह्वाट्सएप, भाइबर लगायत इमो नम्बरबाट आएका अपरिचित फोनहरु नउठाउन,’ ब्युरोले अनुरोध गरेको हो ।

टिप्पणीहरू