राष्ट्रपति भण्डारीलाई आइसल्याण्डमा अवार्ड
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ । उहाँले महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिएको उक्त अवार्ड आइसल्याण्डमा ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल) को कार्यक्रममा सहभागी हुुनुहुन्छ । उहाँलाई उक्त अवार्ड ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल) का अध्यक्ष सिल्भाना कोच–मेहरिनले प्रदान गर्नुभएको बताइएको छ ।
अवार्ड ग्रहणसँगै राष्ट्रपतिले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।
उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार काठमाडौंबाट दोहा, फ्याङ्फर्ट हुँदै आइसल्यान्ड पुग्नुभएको हो । अठार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रपति पर्सि बिहान स्वदेश फर्किने कार्यक्रम छ ।
टिप्पणीहरू