एनआईसी एसियालाई उचाइमा पुर्याउने मुलुककै कान्छो सिईयो

एनआईसी एसियालाई उचाइमा पुर्याउने मुलुककै कान्छो सिईयो

एनआईसी एसिया बैंक लिमिटेडले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गरेको छ । बैंकको सञ्चालक समितिको ५७३ औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा पुनःनियुक्ति गरेको हो । पहिल्यै उक्त पदमा रहेर जिम्मेवारी सम्हालिरहेका उनले फेरि चार वर्षका लागि उही मौका पाएका छन् । गत मंसिर १५ गतेदेखि लागु हुने गरी उनको पुनःनियुक्ति गरिएको हो ।

२८ वर्षको उमेरमा सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको रुपमा जोडिएका उनी प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा पुगेका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेको थियो । बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुककै सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपाने उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा सफल भएका छन् । उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरबाट उच्च स्थानको बैंकमा पुप्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ स्ट्राटेजी २०२०० तयार गरी बैंकले सन् २०१९ ÷२०२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

त्यस्तै, उनको प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।

चालू आवको पहिलो त्रैमासमा खुद मुनाफातर्फ रू।१७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६÷५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी रू ५९÷६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ।व। २०७९÷८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू २७३÷१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रू। ३०८÷१८ अर्ब पुप्याउन सफल भएको छ ।

प्रमुख कार्यकारी अधिकृतको रुपमा न्यौपानेको कार्यकाल आ।व २०७३÷७४ देखि गत आ।व। २०७८र७९ सम्म यस बैंक तथा समग्र बैंकिङ्ग क्षेत्रको विभिन्न सूचकांकहरुको तुलनात्मक अवस्था निम्नबमोजिम रहेको छ । न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ।व।२०७३÷७४ मा बैंकको वासलातको आकार १० औं स्थान थियो । उक्त वर्ष १०१÷१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आ।व।सम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८÷४२ अर्ब रुपैयाँ पुगेको छ ।

आ।व। २०७८र७९ मा यो समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थान हो । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको वासलातको आकार २ दशमलब १८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३÷७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आ।व। २०७८÷७९ मा ३ दशमलब ७२ गुणाले वृद्धि गर्दै २६८ दशमलब २४ अर्ब रुपैँया पुप्याउन सफल भएको छ ।

सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको वृद्धि २ दशमलब ४३ गुणा मात्रै भएको थियो । त्यसैगरी, बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३ दशमलब ४० गुणाले वृद्धि गरेको छ । आ।व। २०७३र७४ मा ८६ दशमलब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९ औं स्थानमा रहेको बैंकले गत आ।व।सम्म आइपुग्दा निक्षेपको आकार २९४ दशमलब ९८ अर्ब  रुपैँया पुप्याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आ।व।को प्रथम त्रैमाससम्मको नतिजामा समेत उत्कृष्ट नतिजा रहेको छ ।

समग्र बैंकिङ्ग क्षेत्रमा यस अवधिमा २ दशमलब १७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता ९कासा डिपोजिट¬० मा पनि बैंकले ४ दशमलब १५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ । आ।व। २०७३÷७४ मा कासा डिपोजिट २८÷२७ अर्ब रुपैयाँ रहेकोमा गत आ।व।सम्म आइपुग्दा ११७÷३९ अर्ब रुपैयाँ पुगेको छ । यस

अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि १ दशमलब ९३ गुणामात्र वृद्धि भएको छ ।
बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्य कारण आम ग्राहक महानुभावहरुको प्रगाढ विश्वास दर्शाउनुभएको हो । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको ५ वर्षको अवधिमा ग्राहक महानुभावहरुको संख्यामा ६ गुणाले वृद्धि भएको छ । आ।व। २०७३÷७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आ।व।सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुप्याउन सफल भएको छ ।

साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । ५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आ।व। सम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ । उक्त अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १ दशमलब ६६ गुणाले वृद्धि भएको छ ।

पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ । आ।व। २०७३र७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या १ लाख २१ हजार रहेकोमा गत आ।व।मा यो संख्या १६ दशमलब ३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ४५ हजार ६ सय भन्दा बढी पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग ६ दशमलब ६० गुणा र इन्टरनेट बैंकिङ्ग १ दशमलब ६७ गुणाले वृद्धि भएको छ ।

साथै, यस बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा कार्यालय २÷२ गुणा, एटीएम २ दशमलब २६ गुणाले वृद्धि भएको छ ।

आ।व। २०७३र७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी ४ दशमलब २७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैँया पुप्याउन सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी १ दशमलब ९ गुणाले वृद्धि भएको छ ।

साथै, बैंकको सञ्चालन नाफा ४ दशमलब ३२ गुणाले वृद्धि भएको छ । आ।व। २०७३÷७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा १ दशमलब ८७ गुणाले वृद्धि भएको थियो ।

यस अवधिमा स्व–पूँजीमा प्रतिफल १ दशमलब ०१ गुणाले वृद्धि गर्दै १९र५२ प्रतिशतबाट १९÷६५ प्रतिशत, प्रति शेयर आम्दानी १ दशमलब ७८ गुणाले वृद्धि गर्दै २१ दशमलब ९६ रुपैयाँबाट ३९ दशमलब १३ रुपैयाँ पुगेको छ । समग्र बैंकिङ्ग क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्व–पूँजीमा प्रतिफल ० दशमलब ६० गुणा र प्रति शेयर आम्दानी ० दशमलब ८४ गुणाले वृद्धि भएको छ । यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट २ दशमलब ७ गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय तथा उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै समग्र बैंकिङ्ग क्षेत्रलाई पुनः परिभाषित गर्न यस बैंक सफल भएको छ । रणनीतिक तथा दीर्घकालिन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपाने यस बैंकलाई नयाँ उचाईमा पुप्याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् । 
 

टिप्पणीहरू