देउवाविरुध्द भिड्न शेखर-गगन समूह होटलमा

देउवाविरुध्द भिड्न शेखर-गगन समूह होटलमा

संसदीय दलको नेता चयनका लागि निर्वाचन समयतालिका सार्वजनिक भएसँगै नेपाली कांग्रेसको संस्थापनइतर गुट आन्तरिक रणनीति बनाउन जुटेको छ । काठमाडौँको होटल एम्बासडरमा अहिले छलफल जारी छ ।

संस्थापन खेमाबाट सभापति शेरबहादुर देउवाले दलको नेतामा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला इतर गुटले अलग्गै छलफल थालेको हो । तर,संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले दल नेतामा दावेदारी प्रस्तुत गर्दै आएका छन् । त्यस्तै,नेता शेखर कोइराला पनि दलको नेताका लागि आकांक्षी देखिएका छन् ।

आफ्नै समूहभित्र दुई जना आकांक्षी देखिएपछि साझा उम्मेदवार चयन गर्न छलफल थालिएको शेखर-गगन गुटका एक नेताले जानकारी दिए । १४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् ।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन् । त्यस्तै,नेता रामचन्द्र पौडेल पनि इच्छुक देखिएका छन् । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय तोकेको छ ।

टिप्पणीहरू