पल शाह तनहुँबाट छुटे,नवलपुरका कारण जेलमै

पल शाह तनहुँबाट छुटे,नवलपुरका कारण जेलमै

उमेर नपुगेकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । दायर मुध्दाको अभियोगमा दाबी नपुग्ने भन्दै जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आज उनलाई सफाइ दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । 

यो मुद्दामा यसअघि पटक पटक पेसी तोकिए पनि स्थगित हुँदै आएको थियो । पलविरुध्द उमेर नपुगेकी किशोरी गायिकालाई बलात्कार गरेको आरोप लागेको थियो । तनहुँले सफाइ दिए पनि उनी जेलमुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले उनलाई सोही प्रकृतिको मुद्दामा साढे दुई वर्ष कैद सजाय तोकेको छ । उक्त सजाय कटेपछि मात्र उनी थुनामुक्त हुनेछन् ।

टिप्पणीहरू