बेलायती प्रधानमन्त्रीलाई माफी माग्न सजिलो

बेलायती प्रधानमन्त्रीलाई  माफी माग्न सजिलो

बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई ५० पाउण्ड जरिवाना तिराएको छ ।   सीट बेल्ट नलगाई कारमा गुडेपछि उनलाई उक्त कारबाही गरिएको हो । 

सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो । उत्तरी इङ्गल्याण्डको यात्रामा उनले सीट बेल्ट नलगाई  कारको पछाडिको सीटबाट भिडियो खिचेका थिए ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा लन्कासायर प्रहरीले सुनकलाई ५० पाउण्ड   जरिवाना गराएको हो ।  ‘लँकाशायरमा गुडिरहेको कारमा सीट बेल्ट नलगाएका लण्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौँ’, त्यहाँको प्रहरीले ट्वीट गरेको छ । अब सुनकले २८ दिनभित्र सम्बन्धित निकायमा उक्त जरिवाना तिरिसक्नुपर्ने हुन्छ । 

यसैबीच,प्रधानमन्त्री सुनकले माफी मागेको बताइएको छ ।

टिप्पणीहरू