भारतमा बन्यो मोदीको सुनको मूर्ति

भारतमा बन्यो मोदीको सुनको मूर्ति

छिमेकी देश भारतमा एक व्यक्तिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको सुनको मूर्ति बनाएका छन्  । १८ क्यारेट ,१ सय ५६ ग्राम सुन प्रयोग गरेर भाजपाको नेतासमेत रहेका ब्यक्तिले मोदीको मूर्ति बनाएका हुन् ।

अति हिन्दुवादी नेताको परिचय पाए पनि मोदीले सत्ता सम्हालेपछि भारत एसियामा चाइनापछि दोस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने क्रममा रहेको जानकारहरु बताउँछन् । केही अल्पसंख्यक समुदायप्रति अनुदार देखिएका मोदीले भारतमा राजनैतिक इतिहासमै सबैभन्दा सफल नेतृत्व गरेकोे कतिपय मत सर्भेक्षण रिपोर्टले समेत देखाउने गरेकोे पाइन्छ ।

टिप्पणीहरू